सुर्खेत जिल्लाको पूर्वि उत्तर क्षेत्रमा पर्ने सिम्ता गाउँपालिका साबिकको घोरेटा,काफलकोट,आग्रीगाउँ,बजेडिचौर,राकम,काप्रिचौर,डाँडाखाली र खानीखोला गरी आठ वटा गाउँ विकास समिति मिलेर बनेको गाउँपालिका हो। सिम्ता गाउँपालिकालाई नौ वटा वडामा बिभाजन गरिएको छ। पुरानो घोरेटा गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं १ कायम गरिएको छ। काफलकोट गाउँ विकास समितिका १ देखि ९ वडाहरुलाई सिम्ता गाउँपालिकाको वडा नं २ र आग्रीगाउँ गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ३ कायम गरिएको छ। त्यसैगरी बजेडिचौर गाउँ विकास समितिका वडा नं ५ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा न