FAQs Complain Problems

सिम्ता गाउँपालिकाको संक्षिप्त परिचय

सुर्खेत जिल्लाको पूर्वि उत्तर क्षेत्रमा पर्ने सिम्ता गाउँपालिका साबिकको घोरेटा,काफलकोट,आग्रीगाउँ,बजेडिचौर,राकम,काप्रिचौर,डाँडाखाली र खानीखोला गरी आठ वटा गाउँ विकास समिति मिलेर बनेको गाउँपालिका हो। सिम्ता गाउँपालिकालाई नौ वटा वडामा बिभाजन गरिएको छ। पुरानो घोरेटा गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं १ कायम गरिएको छ। काफलकोट गाउँ विकास समितिका १ देखि ९ वडाहरुलाई सिम्ता गाउँपालिकाको वडा नं २ र आग्रीगाउँ गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ३ कायम गरिएको छ। त्यसैगरी बजेडिचौर गाउँ विकास समितिका वडा नं ५ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ४ र वडा नं १ देखि ४ लाई सिम्ता गाउँपालिकाको वडा नं ५ कायम गरियको छ। राकम गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ६ र काप्रिचौर गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ७, डाँडाखाली गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ८ र खानीखोला गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ९ कायम गरिइको छ । यस गाउँपालिकाको केन्द्र साबिक बजेडिचौर गाउँ विकास समितिको कार्यालयलाई कायम गरिएको छ । जिल्ला सदरमुकाम वीरेन्द्रनगर देखि १९ कोष पूर्वमा अवस्थित यो गाउँपालिका जिल्लाको निर्वाचन क्षेत्र नं १ मा पर्दछ । तुलानात्मक रुपमा उत्तर दक्षिण फैलिएको गोलो आकृती भएको यो गाउँपालिकाको अक्षांश २८ ६४' उत्तर सम्म र देशान्नतर ८१ ८६' पूर्व सम्म फैलिएको छ । सिम्ता गाउँपालिकाका अधिकांश खेतियोग्य जमिनहरु आकाशे पानीमा आधारित छन । सिंचाईको प्रयाप्तता छैन । यस गाउँपालिकाको जनसंख्या २०६८ सालको जनगणना अनुसार २५,८४५ रहेको छ । 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.